Silence Moon
स्याङ्जा वालिङ्
न फर्क पछि, सफलता चुम्ने अभियानमा छौ तिमी!
होसियार पखेटा काट्न सक्छन् उडानमा छौ तिमी!

छिर्के हान्न सक्छन्! तिम्रो प्रगतीमा डाह गर्ने हरूले;
सचेत हुनु हरकदममा फोहोरको रछानमा छौ तिमी!
माली बाटै निमोठिन्छन् यहाँ, फूलका कोपिलाहरू;
कसरी परिरक्षित ठान्छौ फूलको बगानमा छौ तिमी!
बगाउँदैछ प्रिया हामी एकहुने चाहा समयको भेलले;
दुई किनार जस्तै आधा म आधा कटानमा छौ तिमी!
जनता मर्छ न्यायालयमै अपराधी रिहागर्छ कानुनले;
आश्चर्य नमान्नू! गणतन्त्रको संविधानमा छौ तिमी!

