( गीत)
हिमचुलीका मुस्कान हामी चम्किएका तारा
युद्दमैदान हृदयले फूल चुम्छौं सारा
हाम्रो युग विन्ध्याचलको आँगनमा शिर
जस्तै चलोस आँधी हाम्रो छैन मनमा पिर
धरती आकाश अग्नि वायु जल जीवन धारा
हिमचुलीका मुस्कान हामी चम्किएका तारा
हाँसी हाँसी कदम चाल्छौं सातै सागर पाउ
चलाएरै पार लाउँछौं यो समरको नाउ
अग्नि वीर आँट हाम्रो बोक्छौं अभिभारा
हिमचुलीको मुस्कान हामी चम्किएका तारा
युद्दमैदान हृदयले …
# रारामा
वशिष्ठधाम , निर्झर दिलचेत , सिन्धुवस्ती
२०७८/१२/१९/०७


