काठमाडाैं । निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आखाँ’ मा अभिनेता आरके मेहता अनुबन्धित भएका छन् । मेहता इटलीबाट अभिनय पढेर आएका हुन् । उनले नेपाल र इटलीमा गरि धेरै नाटकहरुमा अभिनय कौसल देखाईसकेका छन् । आफु मेहनत र इमान्दार भइ काम गर्ने र अभिनय क्षेत्रलाइ थप उचाईमा पुर्याउने इच्छा रहेको कुरा बताएका छन् । यसै चलचित्रको लागि उनले १५ के.जी. तौल घटाई रहेको बताएका छन् ।
जौन योञ्जनकै कथा रहेको फिल्मको पटकथा योन्जन आफैले तयार पारेका हुन् । योन्जनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए र उनकै लेखन र निर्देशकमा बनेको फिल्म ‘म राजेश हमाल’ को सम्पादनमा रहेको छ । अलोक शुक्लाले खिच्ने फिल्ममा मुख्य सहायक निर्देशक सन्तोष मल्ल र सहायक निदेशक धुर्ब कार्की रहेका छन भने कार्यकारी प्रोडक्सन हेड सुबाश सिंह ठकुरीले सम्हालेका छन् । फिल्म २४ वैशाखबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ ।

लामा सिनेमास् को प्रस्तुति रहेको चलचित्रलाइ साइलेन्ट एक्ट र ढाका टोपी फिल्मले निर्माणमा सहकार्य गरेका छन् । फिम ‘आँखा’ निम्नवर्गीय परिवारको सोसियल ड्रामामा आधारित कथा हो । धनी र गरिबबीचको खाडल र मानवताको पाटोलाई दर्शाउने गरी बिभिन्न पात्रको आखाबाट चलचित्रलाइ देखाउन खोजेको निर्माण टिमले जनाएको छ ।

