काठमाडौं । अत्याधुनिक सेवा र सुबिधा सहित राजधानीमा नयाँ सिनेमा हल शुरु भएको छ । आरामदायी सुबिधाको साथ सिनेमा पारखिहरुको लागि काठमाण्डौ को दरवारमार्गमामा रहेको दरवार मलमा “दरवार सिने म्याक्स “संचालनमा आएको हो ।
दर्शकहरुलाई सिनेमा हेर्दा लक्जरियस महशुश गराउने उदेश्यका साथ सिमित व्यक्ति हरुलाई मात्र सामेल गराएर चलचित्र देखाउने उदेश्यका साथ् नयाँ वर्षको अवसर पारी हल संचालनमा ल्याएको दरवार सिने म्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए।

गुण ग्रुपद्वारा निर्माण भएको दरवार मलमा संचालित दरवार सिने म्याक्स सिनेमाहल क्युएफएक्सले ब्यबस्थापन गरेको हो। सिनेमा हल भित्र दुइ वटा हल रहेको छ। ५० र ५३ जनाको सिट क्षमता भएको सो हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रीन र अर्डर अनुसारको खाना र खाजाको वार सहितको सुबिधा समेत रहेको छ। सिनेमा हेर्न आउने दर्शकहरुलाई आफु बसेकै ठाउमा आफ्नो इच्छा अनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी खाजा बार संचालनमा ल्याएको बताए।
दर्शकले बसेकै सिट बाट अर्डर गरेर खाना र खाजा खादै सिनेमाको मज्जा लिन पाउने सुबिधा ल्याएको भनाइ प्रबन्ध निर्देशक शाक्यको रहको छ। सिनेमा हेर्दै मदिरा खाने हरुको लागि छुट्टै वारको व्यवस्था रहेको हलमा बियर सहित बिभिन्न मदिरा हरु सेवन गर्दै सिनेमा हेर्ने समेतको सुबिधा रहेको छ।
बर्षौ देखि सिनेमा जगत मा सेवा गर्दै आएको गुण ग्रुपका प्रबन्ध निर्देशक शाक्यका अनुसार दरवारमार्ग मा रहेको दरवार मल संगै सिनेमा पारखीहरुलाई पृथक सुबिधा दिन खोजिएको हो। अन्य हल भन्दा फरक सेवा दिने उदेश्य साथ संचालनमा आएको सो सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य १००० देखि १२०० रुपैया सम्म निर्धारण गरीएको छ। गुण ग्रुपले विगत २५ बर्ष देखि ग्वार्कोमा गुण सिनेमा हाल संचालन गर्दै आएको छ।

