काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा योगदान दिएको भन्दै अभिनेत्री मिथिला शर्मा र रंगपत्रकार विदुर गिरीलाई सम्मान एवं पुरस्कृत गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले अभिनेत्री शर्मा र रंगपत्रकार गिरीलाई क्रमशः २०७७ र २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा निरन्तर सक्रिय रही योगदान दिएकाले शर्मालाई सम्मान गर्न लागिएको जनाइएको छ । संस्थाले जारी गरेको विज्ञप्ति अनुसार क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपूर्ण योगदान गरेकाले अभिनेत्री शर्मालाई सम्मान प्रदान गर्न लागिएको हो ।

यस्तै, तीन दशकभन्दा लामो समयदेखि पत्रकारिताबाट नेपाली कला संस्कृति, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको हकहितका लागि योगदानको भन्दै पत्रकार गिरीलाई पुरस्कार प्रदान गर्न लागिएको हो । २५ हजार राशी रहेको यो पुरस्कार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरिएको थियो । यो पुरस्कार चलचित्र क्षेत्रकै पहिलो हो ।

यस्तै, ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र चलचित्र प्राविधिक मनोज केसीलाई प्रदान गरिने भएको छ । १० हजार पुरस्कार राशी रहेको उक्त पुरस्कार परिवर्तन नेपालको शुक्रबार बसेको बैठकले श्रेष्ठ र केसीलाई दिने निर्णय गरेको हो ।

साथै सोही बैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै निर्देशक मदन घिमिरे, निर्माता÷निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक÷निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ गर्ने निर्णय गरेको छ । यसैगरी, सुरुका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुयाएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा विसी, खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई समेत परिवर्तन सम्मान प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय