काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गर्नुभएको हो । जातका कारण वैवाहिक जीवनमा बाँधिन नसकेकाहरूको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ ।

‘छुटेर गए खुसीको मुहान, जीवन भयो’, ‘तिमीसँगै जिउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायाङ्कन गरेका भिडियोलाई गायक ज्वाला राईले सम्पादन गर्नुभएको हो ।
उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।

