मदन नेपाल
लाजिम्पाट २
काठमाण्डौं

“म जिउँदो शहीद !”

हो, म जिउँदो शहीद !
मारमा परेको
नजरबाट छलिएको
नजिक भैकन पनि
नजिक हुन नसकेको
किन भएको कसरी भएको
कसैले लेखामा नराखेको
त्यसैले हो त्यसैले
म शहीद
हो म जिउँदो शहीद !

शरीर चलेर के काम
मन मरेको धेरै भैसक्यो
न कसैले सोध पुछ गर्छ
न कुनै खोजखबर
यहाँ शरीर को हैन
मनको गणना हुँदो रहेछ
म सबैलाई देख्छु तर
मेरो शरीर कसैले देख्दैन
अहो ! बिचित्र को संसार
त्यसैले हो त्यसैले
म शहीद,
हो म जिऊँदो शहीद !

अरुका जस्तै ,
जस्ताको तस्तै
मेरा सपना नभएका होईनन्
तिम्रा जस्तै मेरा पनि
लालाबाला बबुरा
नभएका पनि होईनन्
तिम्राले सबै सुख सुबिधा पाउने
मेराले केहि नपाउने
हो त्यसैले मनमा चोट पर्यो
त्यसैले मन मर्यो
पिडा सहेर मन मरेको हेरी रहें
मन मरे पनि शरीर जिऊँदै छ
त्यसैले हो त्यसैले
म शहीद
हो म जिउँदो शहीद !

कोहि दूर दृष्टी राख्ने
देशका सम्पूर्ण जनताका
लागी मरी हत्ते गर्ने
हाका हाकी गर्ने
राम्रा शासक को हात परे
छिटै छोटकरी मृत्युदंड दिए
उनिहरुले स्वीकार गरे
त्यसैले जनताले उपनाम दिए
मात्र , शहीद !

तिमीहरु जस्तो मन पनि
शरीर पनि मरेको शहीद
म त होईन नि ,
तिमीहरु जाती ज्ञानी
बर्षको एक दिन यस्सो
पखाल पुखुल पारेर
माला फेराएर कान नै फुट्ने गरी
तिमीले देखेका सपना उनीहरुले
युट्युब बाटै देखेको जस्तो अनुभूति
दिए पछि खुसी भएर
बर्ष भर पर्खन सक्ने म कहाँ ?
मेरा ईच्छा आबश्यकता सलबलाउँछन्
म त आधा जिऊँदो छु
मन मात्र पो शहीद
त्यसैले हो त्यसैले
म शहीद
हो म जिऊँदो शहीद !

मलाई कसैले देखेन
मेरा इच्छा आकांक्षा के छ
हेर्ने बुझ्ने कोही छैन
सुखी बैभवशाली जीवनसैली
मेरो चाहना सबै मारी दिए
मेरो मन मर्यो शरीर मात्र
जिऊंदो छ त्यसैले
हो त्यसैलै
म शहीद
हो म जिऊँदो शहीद !

मेरो शरीरले सब देख्छ
सरकार देख्छ नेता देख्छ
सोझा अनि धुर्त जनता देख्छ
दुखीको दुख झन बढेर जाने
सुखीको सुख झन बढदै जाने
दुखी सुखीको बिच ठूलो खाडल
खाडल भित्र हाँसीरहेको बिचौलिया
न दुखीको मायाँ न सुखीको
नझर्ला भन्ने मात्र चिन्ता
मैले केही गर्न सकिन !
मेरो कुरो सुन्ने कोही छैन
मेरो शरीर मात्र छ
मेरो शरीर कसैले देखेन
मेरो मन मरी सक्यो
त्यसैले म शहीद !
हो म जिऊँदो शहीद !
हो म जिऊँदो शहीद !!!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय