काठमाडौँ । नेपाली सिने दर्शकहरु लाई आरामदायी सुबिधा र प्रीमियम विलासिताका साथ सिनेमाको अनुभव दिने उद्देश्यले दरबारमार्ग मा स्थापना भएको दरबार सिनेम्याक्समा कोभिड लगायत अन्य भाइरस ब्याक्टेरिया माइक्रोब्स लाइ पुर्ण रुपमा बेअसर गर्न” वुहल्फ एयरमास्क “एयर स्टेरीलाइजेशन सिस्टम जडान गरिएको छ।

सो सम्बन्धि सम्झौतापत्रमा दरबार सिनेम्याक्स को तर्फबाट प्रवन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयर प्रा लि को तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरि सो प्रबिधि जडान गरि शुरुवात गरिएको छ।

गुण समूह अन्तर्गत नेपालको सवैभन्दा सुबिधा सम्पन्न सिनेमा भवन दरबार सिनेम्याक्स ले नेपालमै पहिलो पटक ” अल अबाउत इनोभेसन ” जर्मन प्रबिधि बाट निर्मित वुल्फ एयरमास्कले बर्तमान समयमा कोभिड संक्रमणलाई समेत मध्यनजर गर्दै हावामा फैलने मोल्ड ,कोरोना वा इन्फ्लुएञ्जा भाइरस, एलर्जी, ब्याक्टेरिया ,पराग कण ,धुलो इत्यादिको वरिपरि क्लस्टरहरु बनाउछ र तिनिहरुलाइ निष्क्रिय बनाउछ र यसले सिनेमा हलहरुमा सम्पुर्ण भाइरस या ब्याक्टेरिया धुलो र गन्ध केही समयभित्रै पुर्ण रुपमा निस्प्रभावी बनाउछ र बुल्फ मास्कले सिनेमाहल भित्र शुद्ध हावा उत्पादन गर्दै स्वस्थ सास फेर्न सक्ने वातावरण बनाउछ।

यो बुल्फ एयर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त रहेको र बैज्ञानिक रुपमा समेत सबै उमेर समुहको लागि उपयुक्त मानिन्छ र दरवार सिनेम्याक्समा स्थापनाको चार घण्टा भित्र वायु गुणस्तर सुधार देखाएको छ; हावाको गुणस्तर वृद्धि गरी 8 देखि 12 वायु गुणस्तर सूचकांक र PM 2.5: 4 Ug प्रति मेट्रिक क्यूब जुन वैज्ञानिक रूपमा स्वस्थ र सबै उमेर समूहका लागि उपयुक्त मानिन्छ र आधारमा मास्कको प्रयोग आवश्यक पर्दैन, कम्पनीका प्रबन्ध निर्देशक रोजन श्रेष्ठले बताउछन । उनले दरबार सिनेम्याक्स नेपालमा वुल्फ एयरमास्क स्थापना गर्ने पहिलो कम्पनी भएको बताए।

दरवार सिनेम्याक्सका प्रवन्ध निर्देशक दिप्रश शाक्य का अनुसार यस्तो बुल्फ एयर मास्क एयर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने पहिलो सिनेमा हल वन्न पाउँदा खुशी लागेको छ । अहिलेको समयमा कोभिडको संक्रमण केही कम भएतापनी यस्को जोखिम कायमै रहेको अवस्थामा हल भित्रका दर्शकहरु, कर्मचारीहरु र परिसरमा उपस्थित सबैको सुरक्षाको लागि यो बुल्फ एयरमास्क भरर्पर्दो र पुर्ण सुरक्षित रहेको छ। तसर्थ हामी हाम्रा पाहुना दर्शक हरुको स्वास्थ सुरक्षाको सुनिश्चितता गर्न कुनै कसर बाकी राख्ने छैनौ सोहि कारण यो प्रबिधी हामिले शुरु गरेका हौँ। प्रबन्ध निर्देशक शाक्यका अनुसार सिने पारखी हरुको लागि सुरक्षाको अधिकतम सुनिश्चितता को खातिर हल सम्म गएर सिनेमा हेर्न उच्चतम सुरक्षा मापदण्डहरु कायम राख्दै सुरक्षित बाताबरण को ब्यबस्थापन यो प्रबिधीले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय