काठमाडौं । घरजग्गा व्यवसायी कालु गुरुङसँग सम्बन्धित रोडशो इन्भेष्टमेन्ट र रोडशो रियल इस्टेट कम्पनीले गत आर्थिक वर्षमा कुल ७९ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन्। इन्भेष्टमेन्ट कम्पनीले ४७ करोड ७० लाख र रियल इस्टेटले ३१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका हुन्।
रोडशो इन्भेष्टमेन्टले पोखरामा १ अर्ब ५४ करोड ५० लाख रुपैयाँ लागतमा दुई अपार्टमेन्ट परियोजना सम्पन्न गरेको छ। यसका लागि ८९ करोड ७० लाख अग्रिम भुक्तानी र ६४ करोड ८० लाख बैंक कर्जा उपयोग गरिएको छ। कम्पनीको कर्जा ९१ करोड रुपैयाँ पुगेको छ।

रोडशो रियल इस्टेटको कारोबार पनि बढ्दै सन् २०२४ मा ३४ करोड २० लाख पुगेको छ। कम्पनीसँग १ अर्ब ३३ करोड २० लाख लागतका तीन अपार्टमेन्ट परियोजना निर्माणाधीन छन् भने १ अर्ब ५ करोड २० लाख अग्रिम बुकिङ संकलन भइसकेको छ।
इक्रा अनुसार इन्भेष्टमेन्टको नाफा मार्जिन १९.५३ प्रतिशत र रियल इस्टेटको ११.५५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षभन्दा उल्लेख्य सुधार हो।

