काठमाडौं । नेपाल पत्रकार महासङ्घको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गरी सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिबारे छलफल गरेको छ। महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनप्रति ध्यानाकर्षण गराएको हो।

उक्त निर्देशनमा सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ। महासङ्घले यस नीतिले निजी सञ्चारमाध्यमसहित समग्र मिडिया क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन रकमको दुरुपयोग, बिचौलियाको प्रभाव र श्रमजीवी पत्रकारसम्म लाभ नपुगेको अवस्थाका कारण यस्तो निर्णय गर्नुपरेको बताए। उनले आफू श्रमजीवी पत्रकारको पक्षमा रहेको र जायज माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

सरकारले भने खर्चमा मितव्ययिता, पारदर्शिता अभिवृद्धि र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धनका लागि नयाँ नीति ल्याइएको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय