काठमाडौं । चीन सरकारले नेपालमा संघीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि बधाई दिएको छ ।
चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।


