
एजेन्सी । इंग्ल्याण्ड र स्विट्जरल्याण्ड अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । गएराती भएको समुहको अन्तिम खेलमा सान मारिनोमाथि १०–० को फराकिलो जित निकाल्दै इंग्ल्याण्ड विश्वपमा छनोट भयो ।
यो समूहमा दोस्रो स्थान लिएको पोल्याण्डले प्ले–अफ् खेल्नुपर्ने भएको छ । गएराती भएको अर्को खेलमा बुल्गेरियालाई ४–० ले हराउँदै स्विट्जरल्याण्ड पनि विश्वकपका लागि छनौट भयो । दोस्रो स्थानमा रहेको इटाली प्ले अफ्मा सिमित भयो ।

युरोपियन च्याम्पियन इटालीलाई गएराती नर्दन आयरल्याण्डले गोलरहित बराबरीमा रोेकेको हो । विश्वकप छनौटकै अन्य खेलहरुमा स्कटल्याण्डले डेनमार्कलाई २–० ले हराउँदा अष्ट्रियाले मल्दोभालाई ४–१ ले तथा हंगेरीले पोल्याण्डलाई २–१ ले हराएका छन् । विश्वकप छनौटअन्तर्गत युरोपेली समुहका बाँकी छनौट खेलहरु आज राती हुनेछन् ।