काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी नेपाल भ्रमणमा आएको नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

भुटान हुँदै ड्रुक एयरको उडानबाट काठमाडौँ आइपुगेका भोवेल तीन दिनसम्म नेपालमा रहनेछन्। भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधान सेनापतिसहित उच्च सैनिक अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यसै क्रममा उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम पनि रहेको सहायकरथी बस्नेतले बताए।

नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र अमेरिकाबीच सैनिक सहकार्य तथा शान्ति स्थापना सम्बन्धी तालिम आदान–प्रदानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय