
काठमाडौ । गायक सन्तोष बस्न्यातले फूलमाया बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बस्न्यातले आफ्नै युटुब च्यानल मार्फत शुक्रबार दर्शकहरु माझ उक्त गित ल्याएका हुन् । गायक सन्तोषको शब्द, संगीत, स्वर र सुरज कुमार थापाको संगीत संयोजन रहेको फूलमायाको म्युजिक भिडियोमा कलाकारहरु सन्तोष के.सी., श्रृष्टि भट्टराई र प्रेम प्रकाश के.सी रिजालको न्यायपूर्ण अभिनय रहेको छ ।
भिडियोको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन् । फूलमायालाई प्रज्ञा साउन्ड एच .डि मा रेकर्डिङ्ग गरिएको थियो । गितको बीच बीचमा राखिएको वार्तालापले म्युजिक भिडीयो अझै आकर्षित भएको छ । बस्न्यातले यस आघि पनि विभिन्न गीतहरु गाएका छन् , जस मध्ये ऐया ऐया, खत्त्टो पिरो, आमा, लुक्ला, भिजिट नेपाल जस्ता गीतहरु प्रचलित छन् गायक तथा निर्देशक बस्न्यात गितलाई माया गरी दिनका लागि दर्शक तथा शुभ चिन्तकहरुलाई आग्रह पनि गरेका छन् ।
