एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको गएराति भएको खेलमा युनाइटेडले आर्सनलमाथि ३-२ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउनको लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने ब्रूनो फेर्नान्डेसले एक गोल थपे । आर्सनलका लागि स्मीथ रोव र मार्टिन ओडिगार्डले समान एक–एक गोल गरे ।

खेलेको १३औं मिनेटमा रोवले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा ब्रूनो गोल गर्दै खेल १-१ को बारबरीमा ल्याए ।

खेलको ५२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर उक्त अग्रता धेरै टिकेन । खेलेको ५४ औँ मिनेटमा ओडिगार्ड गोल गर्दै खेल २-२ को बराबरी बनाए । ७०औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए ।

यो जितसँगै युनाइटेड १४ खेलबाट २१ अंकसिहत सातौँ स्थानमा छ । पराजित आर्सनल २३ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय