
काठमाडौं। नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा भएको १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा. शेखर कोइराला समूहका गुरुङ निर्वाचित हुनुभएको हो ।

उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदार झिनो मतले पराजित हुनुभएको छ ।
उपसभापतिका लागि खड्का, गुरुङ, गच्छदारसँगै चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी साह मैदानमा हुनुहुन्थ्यो ।