काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गर्नुभएको छ । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याउनुभयो ।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको छ । लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी हुनुभएको हो । जम्मा ४६८१ मत खसेकोमा आङ्देङ्वेले २७११ मत ल्याउनुभयो । लामाले १९१३ मत पाउनुभयो ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित हुनुभएको छ । उहाँले सभापति शेरबहादुर देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गर्नुभयो । परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय