काठमाडौं । नेपाली महिला भलिबल टिमले किर्गिस्तानलाई ३–० ले हराउँदै लगातार पाँचौ खेलमा जित हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसिपमा सोमबार किर्गिस्तानलाई पराजित गर्दैै नेपालले समूह चरणका पाँचै खेलमा जित निकाल्न सफल भएको हो । अब, नेपाली महिला भलिब टोलीले मंगलबार उज्वेकिस्तानसँग भिड्दैछ ।

किर्गिस्तानसँग पहिलो सेट २५–८ ले जितेको नेपालले दोस्रो सेट २५–१४ ले जितेको थियो। तेस्रो सेटमा नेपालले किर्गिस्तानलाई २४–१७ को अन्तरले पराजित गरेको थियो ।

च्याम्पियनसिपको साविक विजेतासमेत रहेको नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय