काठमाडौँ । आजदेखि देशभरका अदालतमा गोला प्रथाबाट मुद्दाको पेशी व्यवस्थापन सुरु भएको छ ।

सर्वोच्च अदालतमा यसअघि मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन र मुद्दाको पेशी व्यवस्थापन सुरु भए पनि उच्च र जिल्ला अदालतमा आजदेखि सुरु भएको हो । मङ्सिर ९ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकले उच्च र जिल्ला अदालतमा आजदेखि गोला प्रथाबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । जिल्ला र उच्च अदालतमा गोला प्रथा लागू भएसँगै आजदेखि तीन वटै तहका अदालतमा मुद्दाको पेशी व्यवस्थापन गोला प्रथाबाट सुरु भएको छ ।

पेशी तोक्ने समयदेखि नै मुद्दामा चलखेल हुने गरेको भन्दै अदालतहरूमा मुद्दाको पेशी व्यवस्थापन स्वचालित प्रणालीबाट गरिनुपर्ने माग उठे पनि त्यसको अस्थायी विकल्पका रुपमा गोला प्रथा लागू भएको हो ।

सर्वोच्च अदालतकै न्यायाधीशहरुले समेत न्यायालय सुधारको माग राख्दै इजलास बहिस्कार गर्ने तहसम्म पुगेपछि सर्वोच्च अदालतमा यसअघि मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट पेशी व्यवस्थापन लागू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय