
काठमाडौ । पूर्वमन्त्री तथा राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्टले राजसंस्था पुनःस्थापना तथा धर्मनिरपेक्षता र संघीयता खारेज नभएसम्म देश नबन्ने बताउनुभएको छ ।
सोमबार ललितपुरको मंगलबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै विष्टले यस्तो बताएका हुन् । अहिलेको संविधान नफ्याँकेसम्म देश नबन्ने बताउँदै अहिलेको संविधानले देश र जनतालाई जुटाउनेभन्दा पनि फुटाउने काम गरेको उहाँको आरोप थियो ।

नेपालीहरु सुतिरहेका बेला रातारात जालझेल गरेर देशमा राजा हटाइएको भन्दै उहाँले अगाडि भन्नुभयो, ‘नेपालीहरु सुतिरहेका बेला रातारात झेल गरेर राजा हटाइयो। हिजो बेलुकी सुतेका नेपालीले अत्तोपत्तो नपाइकन भोलि बिहान देशमा राजा हटिसकेको, संघीयता आइसकेको, धर्म मासिसकेको अवस्था देख्नुप¥यो ।’
‘राजाले र राजसंस्थाले देश जुटाउने र बलियो पार्ने मात्रै काम गरेको छ । मास्ने काम गरेको छैन ।’ अहिलेकै नेताहरुले संविधानमाथि खेलबाड गरेको उहाँको आरोप थियो ।