
काठमाडौ २२ असोज । सौन्दर्य कलाकोे क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउन सफल गीता शाह यतिबेला ब्युटिपार्लर र बुटिक एकसाथ संचालन गर्दै आइरहेकी छन् । चल्तिको मेकअप आर्टिष्ट भएकोले अधिकाँश फेशन तथा सौन्दर्य कार्यक्रम आयोजकहरुको पहिलो रोजाईमा गीता शाह नै पर्नु हुन्छ ।
बिभिन्न संघ, संस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निभाउँनुका साथै सौन्दर्य कलाको क्षेत्रमा पुराउनु भएको योगदान स्वरुप बिभिन्न सम्मानबाट सम्मानित भइसक्नु भएको छ ।

पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न पावर इन्टरनेशनल मिडिया नेपालव्दारा आयोजित ‘पिम नेपाल फिल्म फेष्टिवल २०२०’ कार्यक्रममा सौन्दर्यविद गीता शाह निर्णायक भुमिकामा रहनु भएकोले ‘जुरी अवार्र्ड’ बाट सम्मानित हुनु भएको छ ।
कार्यक्रममा नेपाल चलचित्र कलकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, निर्देशक समाजकी पुर्व अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।