काठमाडौँ । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले कामू सीईओको जिम्मेवारीमा रहेका न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।
यसअघि गत असारमा बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिएपछि बैंकको सीईओ पद खाली रहेको थियो । गौतम बाहिरिएपछि न्यौपानेलाई कामु सिईओको जिम्मेवारी दिइएको थियो ।

काठमाडाैं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रवर्द्धन क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कमर्सियल बैंकिङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल, अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

