धादिङ । किट र पानी जन्य रोग नियन्त्रणका साथै विभिन्न सरुवा रोगहरु मुक्त समाज निर्माणका लागि भन्दै धादिङका स्थानीय तहहरुले नमुना सफा र स्वाच्छ गाउँ बनाउने अभियान सुरु गरेका छन ।
यसैक्रममा धादिङको ज्वालामुखी गाउँपालिकाले जिल्लाकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिका घोषणका लागि काम गरेको सुरु गरेको हो ।

दुई नगरपालिका र ११ गाउँपालिकासहित १३ स्थानीय तह भएको धादिङ जिल्लामा पहिलो पटक गाउँपालिकाले चार ओटा वडालाई नमुना सफा र स्वच्छ वडा घोषणासहित चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालकै पहिलो नमुना पालिका घोषणा गर्ने प्रतिबद्धता सहित काम आगाडि बढायको हो ।
विभिन्न सरुवा रोगका साथै किट जन्य र पानी जन्य रोग पनि नियन्त्रण गर्न सकिने भन्दै स्थानीय समेत नमुना गाउँ निर्माणमा निकै जागरुक बनेका छन् ।
योसँगै पर्या- पर्यटनको विकासमा पनि सहयोग पुग्ने स्थानीयबासीको भनाइ छ।

