काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए । उनले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने बताए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय