
काठमाडौं । नेपाल अटो मोबाइल एसोसिएसनको अध्यक्षमा ध्रुब थापा निर्वाचित हुनुभएको छ । प्रतिष्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनमा थापाले १४ सय १३ मत प्राप्त गर्दा चौधरीले १३ सय ४७ मत ल्याउनुभयो । १७ जनाको कार्यसमितिमा भने चौधरीको प्यानलको बहुमत आएको छ ।

चौधरीको प्यानलबाट कार्यसमितिमा १२ जना चुनिएका छन् भने थापा प्यानलका ५ जना चुनिएका छन् । चौधरीको प्यानलबाट निर्वाचित हुनेहरुमा मिलनबाबु मल्ल, अनुप कुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंघनिया रहेका छन् ।
यस्तै चौधरी प्यानलकै नीलमणि पाठक, बरदान बस्नेत र पंकज अग्रवाल पनि निर्वाचित भएका छन् । अध्यक्ष थापाको प्यानलका निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा कार्य सम्पादन समितिमा चुनिएका छन् । ३ हजार १ सय मतदाता मध्ये २ हजार ७ सय ८८ जना मतदानमा सहभागी भएका थिए ।