मीना सुवेदी

रास्ट्रनिर्माता श्री५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल अधिराज्यको निर्माण भएको हो । पृथ्वीनारायण शाह उपनिबेसबादी अङ्ग्रेजहरुलाइ पराजित गर्ने सम्मानित एशियाली नेता पनि हुन् । बिश्वलाइ न्याय दिने,समानता दिने, स्वच्छ प्रसाशन दिने,आत्मनिर्भर,समृद्धि र शान्तिको बिचार दिने बिचारकओ रुपमा पृथ्वीनारायण शालाइ बुझ्नु पर्छ र उहाँले अघि सारेका बिचार कति बलिया र उच्च रहेछन भन्ने प्रमाण एशियाका दुई महान नेता महात्मागान्धी र माओत्सेतुङले अघि सारेको बिचारमा पाइनुले पनि बुझ्न सकिन्छ ।

पृथ्वीनारायण शाहलाइ सम्झ्नु पर्ने मुख्य आधारहरुमा-सबै प्रकारको अन्याय समाप्त गर,जनताले चाहेको योग्य मान्छेको नेतृत्वमा प्रजातान्त्रिक शासन सन्चालन घुष र भ्रस्टाचारलाई शत्रु घोषणागरि सुशासन सुनिशित गर । आत्मनिर्भरताका साथ मुलुकलाइ सम्पन्न बनाउने र स्वदेशबादी आर्थिक नीति तथा सास्कृतिक नीति अबलम्बन गर । बिदेशीहरुबाट सोशित र आशृत,निर्देशित र तिरस्कृत हुन कहिलै नचाहने स्वाधिन र स्वाभिमानका नेपाली नायक रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान र कदमर्लाइ सम्मान र आदर गरौ ।

उहाँले बनाएको देशको नेपाली माटो र मुटुमा स्थान सदैब रहोस् । उहालाई यदि नेपालीले माया गर्ने,सम्झने सच्चा श्रद्धाञ्जली गर्ने हो भने पृथ्वी जयन्तिका दिन पौष २७ गते एकता दिवस सबै नेपाली भएर मनाउने र सार्बजनिक बिदा दिने परम्परा पुनःहओस भनेर राप्रपाका अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङदेन लगाएतका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाइ भेटेर लिखित बिज्ञप्ति बुझाउनु भएको छ । यदि नेपाल सरकारले यो माग पूरा गरेन भने आन्दोलनमा पनि उत्रने कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय