
काठमाडौं । ग्लोबल आइएमई बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत् आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्झौता भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डि इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फिकेयर प्रालिका निर्देशक सविन मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले आर एन्ड डि इनोभेटिभ सोलुसन तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आबद्ध व्यावसायिक कृषलाई आवश्यक मलखाद, बीउ–बिजन र विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत् सहुलियतपूर्ण व्याजदरमा कृषिकर्जा उपलब्ध गराउनेछ ।