
प्रमिला पाण्डे (थापा)
नेपालमा कोभिड -१९ को बढ्दो जोखिमपुर्ण अवस्था छ। अहिलेको तेस्रो लहर ओमिक्रोन ज्यादै हानी नपुर्याउने भएपनी यो चाडै एकाआपसमा सजिलोसँग सर्ने र कोहिलाई त नोक्सानै पुर्याउने खालको लहर रहेछ।

यसमा सरकारले किन ध्यान नदिएर लापरबाही गरिरहेको छ । त्यही अनुरुप सरकारले कदम चलाउनु पर्ने हो । सरकारले किन यस्तो कुरालाई खेलवाड ठानेको ?.पछि गएर कदम चाल्नुभन्दा सचेत हुनु सरकारमा देखिनु सरकारको दायित्व हो र हामी सर्वसाधारण जनताहरुले पनि पुर्णरुपले सरकारलाई साथ र सहयोग पुर्याउनु पर्द्छ र बुझिदिनु पर्दछ तर यहि बेलामा सरकारले हरेक सामान वस्तुहरुमा महंगीको भार हामिहरु जस्ता सर्वसाधारण माथि थुपारिदिएको छ । जे किन्यो त्यहि सामानमा छुनै नसक्ने भाउ बढाइएको अवस्था छ ।
समय अनुसार सरकारले आफ्नो बोझ नसम्झी महंगीको मारबाट पन्छयाउनु उचित हुन्छ र देशको सर्वसाधारण जनताको लागि राम्रो पनि हुन्छ र हरेक क्षेत्रमा अनुगमन टोलि खटाएमा राम्रो हुने थियो र साथै सुपथ मुल्यमा पाउँदा खुशिको पनि अनुभव पनि हुने थियो र यस्तो कोभिड भएको बेलामा मूल्य बढाउनु कतिको मुर्खता होला यो विचार गर्नु सरकारको देशप्रती गर्नु पर्ने जिम्मेवारी हो ।
बाहिरी देशहरु मा सरकार आफू घाटामा भएपनी जनताहरुको लागि सेवा प्रदान गरेकै हुन्छ्न तर हाम्रो देशमा त्यसको ठिक विपरीत छ जहाँ तहि ठगि नै ठगि ! सरकार यो कहिलेसम्म !! सरकारले आफ्नो भाषण मा मात्र सिमित नभएर सर्वसाधारणको चाहना पनि बुझिदिनुपर्ने थियो त्यो दिन कहिले आउला !!
बत्तिसपुतली काठमाडौं ।