
महाविर पुन
राष्ट्रिय आविष्कार केन्द्रले फटाहा, भ्रष्ट, दलाली, पापी, गफाडी, घुस्याहाहरुलाई चिन्ने र त्यस्ता कुलंगारहरुलाई सजाय दिने र देश बाट नै विलीन बनाउने शक्तिशाली यन्त्रको आविष्कार गरेर प्रयोगमा ल्याउनु पर्यो । यस्तो प्रश्न अहिले सम्म हजारौंले गर्नु भएको छ।

मेरो उत्तर – त्यस्तो शक्तिशाली यन्त्र नेपालमा पहिले नै बनाइ सकेका छन्। त्यो यन्त्र एउटा चारपाटे आकारको बन्द बक्स हुन्छ र त्यसको माथिल्लो पट्टी कागजको टुक्रा खसाल्न मिल्ने सानो प्वाल हुन्छ। करिब चार चार बर्षमा जनताहरु त्यो बक्स राखेको ठाउँमा गएर एउटा कागजको टुक्रा खसाल्ने हो। त्यसलाई भोट खसालेको भन्छन।
त्यहि कागजको टुक्रा गनेर जसले धेरै टुक्रा पाउँछ उहि नेता हुन्छ। यसरी भोट दिंदा फटाहा, भ्रष्ट, अगतिला र कमसल नेता जति लाई भोट नदिने हो भने तिनीहरु चुनिदैनन। उनीहरु नचुनिए पछि ईतिहासमा आफै बिलिन हुन्छन। त्यसैले त्यो कागतको टुक्रा खसाल्दा जनता होशियार हुनु पर्छ। भ्रष्टाचारी, घुस्याहा, फटाहा नेताहरुलाई चिन्ने र खतम पार्ने शक्तिशाली र प्रभावकारी यन्त्र त्यो भोट खसाल्ने बक्स भन्दा अर्को हुने सक्दैन। गतिला र ईमान्दार नेता छान्नु भयो भने भ्रष्टाचार, ढिला सुस्ती आफै हराएर जान्छ।
साबधान: तपाईले स्व-बिबेक प्रयोग नगरीकन अर्काको लहै लहैमा लागेर अथवा मासु भात रक्सीमा बिकेर अथवा पैसाको लोभमा परेर त्यो बक्समा गलत कागज खसाल्नु भयो भने त्यो यन्त्रले पटक्कै काम गर्दैन र फटाहा, भ्रष्ट, दलाली र पापीहरु हराएर जादैनन् , बरु बढ्छन। त्यसो भयो भने त्यो भोट थाप्ने यन्त्रको दोष हुँदैन। दोष तपाईंहरु कै हुन्छ। कुरा बुझ्नु भो??