चितवन । चितवनमा गुण एयरलाइन्सले पनि नियमित उडान भर्ने भएको छ । आउँदो असोज १ गते (सेप्टेम्बर १७)देखि काठमाडौं–भरतपुर गुण एयरलाइन्सको उडान हुन लागेको हो ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा विक्री प्रमुख प्रज्वल थापाले एक साताका लागि चितवनमा दैनिक एउटा उडान हुने दिव्य दर्शन लाई वताए । ‘सुरुवातमा दिनमा एउटा उडान हुन्छ, त्यस पश्चात क्रमशः उडान संख्या बढाउँदै लैजान्छौं’–प्रवक्ता थापाको कथन थियो ।

थापाले भरतपुरको उडानका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिए । उनले ट्राभल एजेन्सी र भरतपुर विमानस्थल भित्र रहेको कार्यालयबाट टिकट लिन सकिने जानकारी दिए । उनका अनुसार यात्रुहरुको सहजताका लागि टिकट मूल्य न्यूनतम राखिएको छ । भरतपुर–काठमाडौँका लागि यात्रुहरुले २ हजार ८ सयदेखि ३ हजार २ सय रुपैयाँसम्मका टिकट काट्नु पर्ने हुन्छ ।

आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ । पहिलो चरणमा काठमाडौंबाट भरतपुर र पोखरामा जहाज उड्ने छ । त्यसको केहीदिन पछि विराटनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, चुम्लिङटार, जनकपुर र सिमरामा जहाज उड्ने थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय