
पोषण युक्त खानेकुराको सेवन आरामदायी जीवनको श्रोत हो । मानिसको शरिरमा रहेको पाचन प्रकृया दरिलो पार्न पोषणयुक्त खानेकुराको सेवन नै आवश्यक मानिन्छ ।
कोषको अणुलाई हुर्कन अनि विकसित गर्न र कार्य संचालन गर्नु पर्ने हुन्छ । त्यसैले चयापचाय भनेको मानव कोष लाई आवश्यक शक्ति दिनु हो । चयापचाय दर निकाल्न कठीन रहन्छ । मानिसले आराम रहँदा दैनिक फेर्ने श्वास, पोषण तथा क्यालोरीको सेवनमा खर्चिने शक्तिलाई चयापचाय दर भनिने गरिन्छ ।

मानिसले दैनिक उपभोग्य गर्दै आएको कार्बोहाइड्रट, प्रोटिन क्यालोरी, फ्याटबाट शक्ति संचित तथा सन्तुलन गर्छ । यसलाई चिकित्सा शास्त्रमा थर्मिक फुड डाइजेन पनि भनिन्छ ।
के खानेकुरा पाचनयुक्त हुन्छन् त ?
मानिसले खानेकुरा तथा पेय पदार्थ धेरै मात्रमा लिने गर्छ ।
कुनै पनि पोषणयुक्त खानेकुराको सेवनमा १०% खानेकुराको क्षति भने आवश्यक हुने तर्क पनि गरिएको छ । मानिसले पाचन गर्नेे खानेकुराको मात्रामा विभिन्न अंशमा प्रतिशत प्रचु्रता पाइने गरिएको छ ।
प्रोटिनः १०% देखि ३०%
कार्बोहाइड्रेटः ५% देखि १०%
चिल्लोः ०%–३%
बजारमा भेटिने भन्दा प्रशोधन गरिएका खानेकुरा पचाउन गाह्रो नहुने तर आवश्यक मात्रामा पोषण नपाइने तर्क गरिन्छ । त्यसैले यस्ता खानेकुरा कम मात्रामा प्रयोग गर्दा स्वास्थ्यलाभ हुने भनिएको हो । सन् २०१५ मा गरिएको अध्ययनमा भनिएको छ , क्यालोरी डायट जसमा पोषण धेरै हुनाले शरिरमा २४ औं घण्टा शक्ति संचय हुने भनिएको छ ।
यस्तै २०२१ मा भनिएको एक अध्ययनमा के उल्लेख छ भने पोषणयुक्त खानामा ४०% पोषण हुने चिल्लो र प्रोटिनको संचय भएता पनि १५% मात्र प्रोटिनको आवश्यकता हुने भनिएको छ ।
पाचन प्रणाली दरिलो हुने पदार्थ
क्याफिनः रातो खोर्सानी, कफि, ग्रीन टी
प्रोटिन ः रातो मासु, सुँगुरको मासु, कुखुराको मासु, सामुद्रिक सालमोन माछा,
विऊजन्य खानेकुरा, दुध, चिज, चिल्लो दही
काब्रोहाइड्रेटः आलु, खैरो चामल, पिठोको पास्ता, कनिका बिहीन चामल, पीठोको पाउरोटी ।
मानिसको जिवन सन्तुष्ट पार्न पोषणयुक्त खोनकुरा खोजी खोजी खान सधैं सकिँदैन तथापि दैनिकको व्यायाम र पोषणयुक्त खानेकुराको सूची थाहा पाइ राखे हामी त्यसै स्वस्थ र आफ्नो शरिर मजबुत बनाउन सकिन्छ ।
समीर न्यौपाने एजेन्सीको सहयोगवाट