काठमाडौं । ग्लोबल आईएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ जस्ता सुविधाहरू उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय