काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार ‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक गरेको छ । उक्त कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक गरेको जनाएको छ ।
उक्त जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा हो । भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिँदैन । यस्तो जोखिम मानिसको जीवनमा बाचुन्जेल चलिनै रहन्छ ।

तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले सावधिक र आजिवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।

