काठमाडौ । डिजिटल बैंकिगलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । नागरिक एपमार्फत खाता खोल्नका लागी ग्राहकले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने व्यवस्था रहेको छ ।
उक्त सोव पछि स्क्रीनमा देखिएको क्यूआर कोड लाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ । सो प्रकिृया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरण आफै अनलाइन फर्ममा भरिने र बाँकी विवरण भरी ग्राहकले सजिलै अनलाइन खाता खोल्न सक्ने पनि उल्लेख छ ।

यस अघि नै बैंकले ईकेवाईसी तथा कियोस्क सेवाको सुरुवात गरिसकेको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरण प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने उल्लेख छ । साथै बैंकका ग्राहकको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

