
रवीन्द्र पोखरेल
प्रजातान्त्रिक तथा संसदीय व्यवस्था भन्नुको अर्थ कुनै मुलुकमा एउटा मात्रै राजनीतिक दल नभएर दुई वा दुई भन्दा बढी राजनितीक दल भएको मुलुक भनेर बुझाउँछ । त्यस्ता मुलुकमा अलग राजनितीक दर्शन,सिद्धान्त र फरक खालको नीति बोकेको पार्टी हरु बिच चुनावी प्रतिस्पर्धा हुन्छ भने त्यो प्रतिस्पर्धाको चुनाव भोट हाल्ने भनेको पनि अलग विचार र मत राख्ने कार्यकर्ता तथा जनताले हो,यदि कसैलाई कुनै दलगत विशेषको सिद्धान्त र नीति सहितको पार्टीको छुट्टै घोषणापत्रका साथमा सम्बन्धित क्षेत्रको स्थानीय उम्मेदवारले सोही क्षेत्रको भौगोलिक अवस्था र त्यहाँको सामजिक विकास गर्न तथा पूर्वाधारको पहिचान गर्दै र सर्वसाधारण जनताको न्युनतम आवश्यकता बुझेर सो को विकास र समाधान गर्नका सक्षम र योग्य(सक्षम र योग्य भन्नाले उ आर्थिक रुपमा सक्षम भन्न खोजेको हैन ।
उम्मेदवारले आफ्ना भावी योजना र प्रतिबद्धताप्रति समर्पित हुन सक्ने खालको निष्ठा,इमान,त्यागी र व्यक्ति स्वार्थ रहित छ/छैन हेरेर भोट दिन पाउन मतदाता स्वतन्त्र हुन्छ ,उसलाई नेता तथा कार्यकर्ताले विभिन्न प्रलोभन पार्दै एवं पार्टीप्रतिको आस्था र विचारको भन्दैमा ठाडो हस्तक्षेप र विविध खालका भय त्रास रभोलिको बारेमा चुनौती, हिंसापूर्ण अनेक डर धम्की दिएर मूर्ख बनाउने छुट र अधिकार कसैलाई छैन,यदि उम्मेदवार मन परेन भने उसले स्वतन्त्र भएर आफ्नो जाहेर गर्न पाउनु पर्छ या कुनै दलमा आबद्ध नभएको स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न पाउने अधिकार “प्रजातान्त्रिक व्यवस्थाको गुण पनि हो या चाहेन भने उसलाई मत नदिने अधिकार पनि हुन्छ,उदाहरण रुपमा ठुला मुलुक तथा सदियौँ पुराना र विकसित र शिक्षित जनता भएका प्रजातान्त्रिक देशमा कम प्रतिशत मत खस्नुको कारण उनिहरु चुनाव र राजनितीलाई महत्त्व राख्दैनन् र देशको लागि आफ्नो व्यक्ति स्वतन्त्रता चाहन्छन्!
यस्तै खालको पद्धतिमा विश्वास गर्न पनि नेपाली आम जनतालाई अधिकार छ।

त्यस कारण नेपाली जनताले पनि आफ्नो वारेमा निर्णय गर्न र विवेक पू-याउन सक्षम भै सकेका छन् ,राजनीतिक दलले यस तथ्यलाई हेक्का राखुन।
अर्को महत्त्वपूर्ण कुरा भनेको निर्वाचन दलगत रुपमा नै लड्नु पर्छ चुनावमा गठबन्धन गरिनु भनेको सिमित नेताको निहित स्वार्थ पूर्तिका लागि मात्र हो भन्ने बुझेर स्थानीय तहको निर्वाचनमा त अघि पछिको गठबन्धनको कुरा औचित्यहिन छ भने केन्द्रीय स्तरमा यदि कुनै पनि राजनीतिक पार्टीले बहुमत ल्याउन सकेन भने संविधानले व्यवस्था गरे अनुसार मात्रै गठबन्धनको सरकार बन्न सक्छ स्वभाविक हो यद्यपि देश र जनताको हितमा मात्रै गरिने हो राजनीतिक स्वार्थपूर्ति र सिमित र भ्रष्ट नेताको लागि होइन । यही यथार्थलाई ध्यान दिएर राजनीतिक दल वा उम्मेदवारहरु जनताको घर दैलोमा आउन।
हामी सम्पूर्ण जनताले र सचेत नागरिकले ध्यान दिउँ कि “जहिलेसम्म मेरो राजनीतिक पार्टी,नेता र पार्टीले विस्वास गरेको उम्मेदवार भन्न छोड्दैनौ त्यति बेलासम्म देश र जनताको रुपान्तरण हुन कदापि सक्दैन।
जब कि २०४६को जन आन्दोलन सफल भयो ,बर्षौंसम्म जरा गाडेको पञ्चायती निरंकुश बिरुद्ध लड्दा कतिले ज्यान गुमाए भने कोही अपांग भएर बाँचेका छन् त सबै नेपाली यूवा र निष्ठा त्यागमा समर्पित हुँदै आफ्नो ज्यान,घर परिवार सारा बिर्सेर सर्वसाधारण जनता देखि आम नागरिक समाजले पसिना बगाएको उपलब्धि स्वरुप पूनर्स्थापित लोकतन्त्र बाट देश र गरिब मजदुर जनताले ठूलो भरोसा र विश्वास थियो तर आन्दोलनको नेतृत्व गणेशमान जी रअन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै संसदीय राजतन्त्र सहितको संविधान जारी गर्न र २०४८को आम निर्वाचन सफलता पूर्वक सम्पन्न गराउने किशुन जी प्रति घात मात्रैले नपुगी नेपाली कांग्रेसको सिद्धान्त, नीति र विचारप्रति नै हिंसात्मक घात गर्दै पद र शक्तिको आड र अहंकारपूर्ण हैकमवादी शासकको राजकाजले जनताको जनमत माथि र देशको छातीमा कुल्चिएर लोकतन्त्र नै धरापमा पारी पून: राज्य सत्ता नै दरबार फर्किए देखिको व्यक्ति दुश्प्रवृतिका कारण उब्जिएको राजनीतिक विकृति र विसंगतिको श्रृङखला अनुसरण गरी अहिलेसम्म पनि राजनीति दलका नेता तथा कार्यकर्ताले हाम्रो छातीमा टेकेर लुट मच्चाउँदै राष्ट्रियता लिलाम गर्न खोजिरहेका छन् । अब त्यसका बिरुद्ध मा हाम्रो मन र मत बदल्न सक्यौं भने मात्रै देशमा अस्थिर राजनीति समाप्त भएरर स्थिर राजनीतिक अवस्था स्थापित गर्दै सुखी नेपाली जनता बन्न सक्नेछौं हैन यो पुस्ता मात्रै त के भावी पुस्ता नै सधैं दल र दलका नेता र भरौटे कार्यकर्ताले उत्पात मच्चाइरहने छन् । न्त्यस कारण अब हामी जनताको मुलभूत दायित्व र जिम्मेवारी राजनीतिक क्रान्ति गर्नु हो ।”व्यवस्थाको को कुनै दोष हुँदैन यो त देशको राजनीतिक पार्टीका नेता,शासक र कार्यकर्ताको खराब आचरण, प्रवृति, संकिण सोच र उद्दण्ड गतिविधिको दोष हो ।