
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्याक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको बुझिएको छ ।
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका लागि करिब ११ करोड १७ हजार साइकल सार्वजनिक खरिद ऐन नियमको मापदण्ड विपरित खरिद गरेको भन्ने विषयमा आयोगको निर्णयबाट आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

संयुक्त टोलीले कागजात जफत गरेको छ । ‘कागजात नियन्त्रणपछि ती कागजातहरुलाई बर्दिबासले आयोगको केन्द्रीय कार्यालय टङ्गाल पठाउने र त्यसपछि तुरुन्तै अनुसन्धान हुने आयोगले बताएको छ ।