काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण वुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालको सचिवालयले जनाएको छ । उहाँको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सन्तकुमार दास सहितको टोली संलग्न रहेको बताइएको छ ।

उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको सचिबालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय