
जनकराज पाठक
प्रजातन्त्र दलहरूले संचालन गर्ने व्यवस्था हो । दलहरु वलिया भयनन भने प्रजातन्त्र कमजोर हुन्छ।प्रजातन्त्र कमजोर हुदा मुलुक अस्थिरता तर्फ जान्छ अनि अधिनायकवादको जन्म हुन्छ । तसर्थ प्रजातन्त्र मजवुद हुन पनि प्रजातान्त्रिक दलहरु वलियो हुन जरुरी छ । कमजोर दलहरुले जनताको मागलाई सम्वोधन गर्ने भन्दा नि व्यक्तिगत चिन्तन वढि वोकेको देखिन्छ ।

कमजोर दलहरु अस्थिर हुन्छन तसर्थ यिनीहरुले व्यवस्थाको रक्षा गर्न सक्दैन अन्तत व्यवस्था धरापमा पर्ने निश्चित छ ।
जुनदेशमा जस्तो व्यवस्था छ तदनुरुपका सरकार वन्छन । सरकारको नेतृत्व कस्तो चिन्तन,चरित्र,भयको व्यक्तिले गरेको छ महत्त्वपूर्ण विषय त्यो हो । यदाकदा भन्ने गरिन्छ प्रजातन्त्रमा व्यक्ति गौण हुन्छन यधपी नेतृत्व तहमा रहेको व्यक्तिको आचरण,चरित्र र चिन्तनले ठुलो महत्त्व राख्छ,यो व्यवस्था लाई कस्ता चरित्रका कस्ता नेताहरुले नेतृत्व गरेका छन यो मुख्य विषय हो ।
प्रसंगः– प्रधानमन्त्री शेरवाहादुर देउवाको ।
२०४६ सलको राजनीतिक परिवर्तन पछि ०५१ देखि ०५६ को अवधिमा सवैभन्दा वढि सत्ताको लागि घृणित खेल खेल्ने व्यक्ति देउवा हुन । नेपालको प्रजातान्त्रिक प्रक्रियामा सासंद खरिदबिक्री देखि सुरा,सुन्दरी सम्मको प्रचलन त्यहि वेला भित्रियो । सत्ता टिकाउनको निमित्त देशभित्र मात्र हैन,विदेशमा समेत सासंद लुकायर चर्चामा आयका पात्र हुन देउवा । मुलुकमा अपांग लाइ टेक्ने बैसाकि दिन नसक्ने सरकारले सत्ता टिकाउन सवै सांसाद लाइ पजेरो सुविधा त्यहि समय दिएको थियो ।
विषेशत त्यो कालखण्डमा मध्यमार्गी धारको रुपमा स्थापित हुन खोजेको राप्रपा सत्ता र सुविधाको यहि गोलचक्करमा फसेर ध्वस्त भयो । राप्रपा लाइ पटक,पटक प्रयोग गरियो,राप्रपाले आफु प्रयोग भइरहेको थाहा नै पाएन । यतिसम्म कि एउटाको क्याविनेटमा रहेका राप्रपाका मन्त्री उसैको विपक्षमा दस्तखत गर्न झन्डा हल्लाउँदै अर्को पक्षमा देखिए ।
एउटा मध्यमार्गी धारको रुपमा स्थापित दललाइ कमजोर र ध्वस्त वनाउदा मुलुक अस्थिरता तर्फ धकेलियो फलस्वरूप सिङ्गो व्यवस्था माथिनै संकट आयो र माओवादीको उदय भयो । सर्वहारा वर्गको नाममा गरिएको माओवादी जनयुद्ध व्यक्ति हत्यामा रुपान्तरण भयो ।दशौ हजुर नेपाली, राजनीति प्रतिसोधका करण मारिय।विकास निर्माणका संरचना हरु ध्वस्त भए । तत्कालीन देउवा सरकारले क.प्रचण्ड को टाउको मोल तोक्दै माओवादी पार्टी लाइ आतंककारी को सुचिमा राख्यो । राजनीतिक रुपमा माओवाद युद्धमा सवैभन्दा वढि क्षति सायद कांग्रेस लाई भयो । आज सत्ता स्वार्थको निमित्त सवै विर्सने पात्र हुन देउवा । सिद्धान्तको लिलाममा सत्ता खोज्ने व्यक्ति हुन देउवा ।
तत्कालीन समयमा सरकारका गलत क्रियाकलाप र गतिविधिको फाइदा लिदै माओवादीले आफ्नो उदेश्य माथि विजय प्राप्त गरेर कांग्रेस र सुधारिएको कम्युनिस्ट,लाइ आफ्नो मार्गचित्रमा हिडाया े। आज कांग्रेसले सत्ता वाहेक केही देख्दैन,कम्युनिस्ट नामका माकुनेहरु प्रचण्ड वाट वैतरनि तर्ने कसरतमा छन । हिजो बिनाकारण माओवादीले हत्या गरेका,अंगभंग पारेका,वेपत्ता पारेका,सम्पत्ति हरण गरेका कुनै कार्यकर्ता को अनुहारको झलक समेत छैन देउवाहरुमा ।
भागवन्डा र भ्रष्टाचार लाई पुन संस्थागत गर्दै देउवा फेरि उदाएका छन । अप्राकृतिक पाच दलिय गठवन्धन केवल मुलुक लुट्नको निमित्त मात्र कायम छ ।लोकतन्त्रको नाममा गठित यो गठवन्धन नजानिदो पाराले लोकतन्त्र मास्न उद्दत छ । प्रजातान्त्रिक व्यवस्था र सिदान्त संग कुनै सम्बन्ध नराख्ने प्रचण्ड अहिले देउवाका राजनीतिक गुरु छन । यो अप्राकृतिक गठवन्धनको जोड,घटाउ,र आन्तरिकको प्रतिस्पर्धाको कारण मुलुक पुन अस्थिरता तर्फ धकेलिने र निंरकुस अधिनायकवाद को पुन उदय हुने निश्चित छ । त्यो दिन देख्न देउवाहरुले धेरै कुर्न नपर्ला सायद ।
प्रजातन्त्रको निमित्त एकरत्ति योगदान नभएका र प्रजातान्त्रिक आचरण समेत नभयका प्रचण्ड हरुलाइ अब आफुलाइ प्रजातान्त्रिक शक्ति र प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेस हरुले भोट हाल्नु पर्छ कठै देउवा ।
आज सत्ता र व्यवस्था मध्ये एक रोज्नुपर्ने अवस्थामा छ कांग्रेस । प्रजातन्त्रको लागि पटक,पटक लडेको नेपाली कांग्रेसले मुलुकमा प्रजातन्त्र स्थाइ र चिरकाल सम्म कायम राख्ने हो भने अप्राकृतिक गठवन्धन तोडनु पर्छ।यसको निमित सत्ता लोलुप देउवा लाई कांग्रेसले नियन्त्रणमा लिन सक्छु पर्छ ।आगे जो मर्जि ।
लेखक राप्रपा केन्द्रीय सदस्य हुन