२०६३ साल वैशाख ११ गते राजासँगको सम्झौतालाई पार्टीका नेताहरुले सम्झौतालाई धोका दिएकाले राष्ट्रिय राजनीतिलाई गिजोल्ने कुकार्य गरिएकाले अहिलेसम्म नेपालले स्थायित्व लिन सकेको छैन !

२०६३ सालपछि योजनावद्ध रुपमा सत्तासीन कांग्रेस, एमाले, माओवादीहरुका राष्ट्र बिरोधी क्रियाकलापले स्वाभिमानी देश आज मागेर खाने अवस्थामा पुगेको छ । अभावै अभाव, महंगी, असुरक्षा, भ्रष्टाचार, घोटला र भागबण्डाको राजनीतिले देश ओरालो लागि रहेको देखेर कसरी यो देश बचाउने हो भन्ने चिन्ताबाट हामी नेपालीहरु ग्रसित छौं ।
यो देशको सत्ताको लोभमा परेर कांग्रेस, एमाले र माओवादीहरुले आफ्नै टाउकोमा बच्चरो मात्र हान्ने काम गरेनन् कि यिनीहरुले राष्ट्रको नैं बेहाल बनाए । यिनीहरुले भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’को रणनीति अनुसार २०६२ साल मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर त्यसको आधारमा ‘रअ’ कै व्यवस्थापनका सारा खर्चबर्च जुटाएको आधारमा जनआन्दोलनमा सक्रिय भए ।

आन्दोलनले रक्तपातको रुप लिन लागेकाले राजा ज्ञानेन्द्र समेतको चासोमा २०६३ साल वैशाख ११ गते राजासँग सम्झौता भयो । त्यही सम्झौताको आधारमा नेपाली कांग्रेस बहुमतमा रहेको बेला विघटन गरिएको प्रतिनिधिसभा ब्यूँताउने शर्तमा ब्यूँताइयो । विघटित प्रतिनिधिसभालाई ब्यूँताउने संविधानमा उल्लेख नभएता पनि राजाको विशेषाधिकारबाट ब्यूँताइयो । त्यो बेला राजालाई पार्टीका नेताहरुले संकटको बिकल्प शक्तिको रुपमा माने । प्रतिनिधिसभा ब्यूँतिएपछि आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्रबाट राजदरबारमा प्रधानमन्त्री पदको सपथ ग्रहण गरे ।

गिरिजाको नेतृत्वमा मन्त्रिपरिषद गठन भयो । मन्त्रिपरिषद गठन भएपछि २०६३ साल जेष्ठ ४ गते प्रतिनिधिसभा घोषणा गरियो । त्यसमा राजाको जेठो छोरा नभएर पहिले छोरी जन्मेमा छोरीलाई पनि राजसिंहासनमा राखिने घोषणा भयो । त्यो बेलाका निर्णयहरु सान्दर्भिक नैं मानियो । तर त्यसपछिका घटनाक्रमहरु संझदै गयो भने कांग्रेस, एमाले, माओवादीहरुले देश र जनतालाई दिएको धोका र एकपछि अर्का राष्ट्रघाती घटनाक्रमहरु संझदै गयो भने कांग्रेस, एमाले, माओवादीहरु कति धोकेवाज रहेछन् भन्ने कुरा संझदा यिनीहरु कति धोकेवाज रहेछन् भन्ने कुरा संझदा बिद्रोह उठ्छ ।

हेर्दाहेर्दै २०७८ सालको बडा दशै आउन लाग्यो । तर नेपालीहरुलाई सत्तासीन पार्टीका नेताहरुबाट भइरहेका अनेकौं व्यवहारले अत्यन्त चिन्तित छन् । संसारमा नेपालको जुन प्रतिष्ठा थियोे आज धरातलमा पुगेको छ । जवरजस्त षडयन्त्रपुर्वक जेष्ठ ४ गते राजाबाटै ब्यूँतिएको प्रतिनिधिसभाबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गरियो । तर त्यो बेलाको घोषणाको अध्ययन गर्दा राजसंस्थालाई स्थायित्व दिलाउने विषयमा कुनै षडयन्त्र नभएको बुझिन्थ्यो । तर उता विश्वको एकमात्र हिन्दु अधिराज्यको सट्टामा धर्मनिरपेक्ष राष्ट्र बनाउने कुराले नेपाली जनमानस र विश्वका हिन्दुहरु आक्रोशित भए ।

तथापि नेपालको राजसंस्थालाई बेलायतको राजसंस्था जस्तो कायम गर्ने परिपाटीको प्रारम्भ गरिएको जस्तो भएता पनि क्रामिक रुपमा राजासँग गरिएको सम्झौतालाई एकपछि अर्को गर्दै धोका दिने काम भयो । राष्ट्रिय राजनीतिमा सम्झौता, वक्तव्यहरुको ठूलो महत्व हुन्छ । तर एक बर्ष नपुग्दै २०६३ माघ १ गते राजासँग कुनै सरोकार नैं नराखी आफै अन्तरिक संविधान घोषणा गरी आफूखुसी प्रधानमन्त्री गिरिजाप्रसादलाई राष्ट्रप्रमुख बनाइयो ।

विदेशीको प्रसस्त रकम खाएर जवरजस्त धर्मनिरपेक्ष घोषणा गराउने सभामुख सुबास नेम्वाङलाई राजाबाट विधेयकहरुमा लालमोहर लगाउने परिपाटी कायम गरियो । राजा र जनतालाई यस्तो धोका दिएर पार्टीका नेताहरुले सम्झौतालाई धोका दिएर राष्ट्रिय राजनीतिलाई गिजोल्ने कुकार्य गरेको बेलादेखि अहिलेसम्म नेपालले स्थायित्व लिन सकेको छैन । त्यो बेलादेखि नेपाललाई अन्धकार भविष्य तर्फ हिडाइएको छ । त्यसरी राजासँग सम्झोता गरेर सम्झौता तोड्ने कुकार्य गरियो ।
आन्दोलनको नेतृत्व गरेका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले २०४७ सालको संविधान अनुसार राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्री पदको सपथ ग्रहण गरेर किन धोकेवाज राजनीतिमा रुमल्लिए ? यो जस्तो राष्ट्रघात केही हुन सक्तैन ।

नेपाली कांग्रेस र एमालेकै कुशासनको परिणाम माओवादी बिद्रोह जन्मिएको थियो । प्रारम्भका दिनमा माओवादीहरु विदेशी रणनीतिमा चलेका थिएनन् जस्तो लाग्थ्यो । माओवादीका बाबुराम भट्टराई, प्रचण्डहरुबाट देशले केही पाउन सक्छ भन्ने विश्वासले हामी माओवादी नेता प्रति नकारात्मक थिएनौं । राजाहरुलाई पनि त्यस्तै लाग्थ्यो होला । तर पछिका माओवादीका क्रियाकलाप हेर्दा माओवादीहरु त अत्यन्त अपराधीहरुको जथ्था रहेछ भन्ने सर्वब्यापी भयो ।
माओवादीहरु भारतीय गुप्तचर संस्थाका प्यारा रहेछन् । कांग्रेसी र एमालेले समेत माओवादीलाई आतंककारी घोषणा ग¥यो । पछि त्यही आफैले आतंकवादी भनिएको माओवादीसँग काँधमा काँध मिलाएर कांग्रेस र एमाले हिड्नु कहाँसम्मको अपराध हो । तर त्यही माओवादी यिनै भ्रष्ट भनिएका कांग्रेस र एमालेका नेताहरुसँग भारतको निर्देशन र सहयोगमा संयुक्त बनेर जनआन्दोलनमा सरिक भएकाले यिनीहरुले आज देश लथालिङ्ग बनाए । यिनीहरुको तीग्णम देख्दा यी कांग्रेस, एमाले र माओवादी भनेको जमातको रुपमा चिनिन्छ । यिनीहरुले झुक्याएर मार्न, लखे्न जे पनि गर्न सक्थे ।

राजनीति नैतिकता यिनीहरुमा नरहेकाले यिनीहरु विदेशीका दलाल, अपराधीको रुपमा चिनिएका छन् । विदेशीहरुले जे भन्छन् यिनीहरुले त्यही गर्छन् । यस अवस्थामा सीआए, यूरोपियन् राष्ट्रहरुका चासो नेपाललाई क्रिस्चियनकरण गर्ने र फ्रि तिब्बतको आडमा चीन टुक्रयाउनु हो । यो सबै देखेर अहिलेको फूटेको एमाले बिग्रिएको माओवादीको कम्युनिष्ट पार्टीको नेतृत्व गरेका केपी ओली, प्रचण्डहरुको कुरा सुन्दा नेपाली जनता अत्यन्त आक्रोशित छन् । यिनीहरु देश र जनताको लागि चुइकक एक शब्द बोल्दैनन्, आफ्नो पद, पैसा र भागवण्डालाई कसरी मजबुत गराउने बाहेकका सोचाई केही छैन । यतिका बर्षसम्म यिनीहरुले ढाँटेर खाए, अझै पनि त्यस्तै उट्फटयाङ कुरा गरेर सत्तामा टाँसिरहन चहान्छन् ।

दुःखको कुरा छ- कांग्रेसका गिरिजाप्रसादले देशको सकेसम्म अधोगति गराएर मरेर गए । नेपाली कांग्रेसले त गिरिजाको खुलेर बिरोध गर्दैन तर गिरिजा जस्तो देशद्रोही कुलंगारको नाम संझिन पनि नपरोस् गिरिजाले त्योबेला देश बचाउनको लागि जे पनि गर्न सक्थे । त्योबेला उनको लागि साह्रै अनुकुल समय थियो तर गिरिजा अत्यन्त राष्ट्रघाती भएकाले उनले नेपाली कांग्रेसको प्रजातान्त्रिक छवि मात्र नष्ट गरेनन्, देशै वरवाद गरेर कलंकित बनेर गए । २०४८ सालमा गिरिजा प्रधानमंत्री हुँदा शेरबहादुर देउवा गृहमंत्री थिए । यी दुईले नैं देशभित्र सत्तााको आडमा ब्रम्हलुट र कम्यूनिष्ट सिध्याउने नाममा आतंक मच्चाएका थिए ।
नेपालका मक्युनिष्टहरुको कुरा गर्ने हो भने मनमोहन अधिकारी र मदन भण्डारीलाई संझेर मात्र हुँदैन । उनीहरुले देश डुबाउने काम कहिले गरेनन् । तर मनमोहन र मदन भण्डारीका विचारको उल्टो अहिलेका कम्यूनिष्टहरु चाहे माधव नेपाल हुन्, केपी ओली मिलून् वा फूटुन यिनीहरुले देशलाई धोका दिने मात्र कार्य गरेका छन् । त्यस्तै कथित माओवादीका प्रचण्ड, बाबुराम भट्टराईहरु कति धोकेवाज रहेछन् भन्ने अहिले सबैको सामूमा छलंग भएको छ । अहिले पनि यिनीहरु शेरबहादुरलाई प्रधानमंत्रीको समर्थन गरेर नेपालको अस्तित्व समाप्त गर्नेमा छन् । हामीले जुनदिन १२ बुँदै सहमति दिल्लीमा गराइएको थियो त्यहीबेलादेखि यिनीहरुको कर्तुतको बिरोध गरिआएका थियौं ।
अहिले शेरबहादुर देउवा २०७८ साल असार २९ गते अमेरिकाको चासोमा अबौं रकम खर्च गराएर सर्वोच्च अदालतको कथीत परमादेशमा प्रधानमंत्री बनेपछि नेपालमा अमेरिकी प्रभूत्व निम्त्याएर जवरजस्त एमसीसी पारित गराएर स्वतन्त्र तिब्बतको नाराबाट नेपाललाई आधार इलाका बनाएर अमेरिका र चीनको रणभूमि बनाउँदै चीन माथि आक्रमण गराउने खतरनाक अवस्था ल्याउन सक्रिय भएर लागेको अवस्थामा नेपाल माथि नेपाल भित्रकै कपुतहरु कसरी सक्रिय भएर लागेका रहेछन् भन्ने कुरा सबैको अगाडि छलंग भएको हुँदा अव हामी नेपालीहरु चौतर्फी रुपमा देशद्रोही, विदेशी भरियाहरुको बिरुद्ध दिलोज्यान दिएर अगाडि बढ्नु बाहेक अरु कुनै उपाय छैनन् । नेपालका कम्युनिष्टहरु कति धोकेवाज रहेछन् ।
२०६२ सालपछि गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराईलाई प्रयोग गरेर नेपाललाई लथालिङ्ग बनाउन अगाडि सारियो । उनीहरु मार्फत नैं प्रचण्ड, माधव नेपाल लगायत केही दलालहरुलाई अगाडि सारेर जसरी हुन्छ नेपालको स्थायित्व, एकतालाई तोडमोड गरेर नेपाल टुक्रयाउनेसम्म खतरनाक खेल खेलियो । यसरी देशको अधोगति गराउने प्रत्यक्षरुपमा विदेशीको दलाल बनेका कांग्रेस, एमाले, माओवादीका नेताहरुलाई भोलिका दिनमा मुख देखाएर हिड्ने ठाउँ पनि पाउने छैनन् । यिनीहरु यति झुठा वकवास गर्छन् कि झूटलाई जति नैं सत्य बनाउन खोजेता पनि सबैले पत्याउन छोडेका छन् । ‘बाठो लठ्छ तीन बल्ड्याङ लाटो लड्छ एक बल्ड्याङ’ भनेको यही हो ।

भारतको गुप्तचर संस्थाको इशारामा भारतबाटै करोडौं सुबिधा स्रोत प्राप्त गरेर कांग्रेसका गिरिजा र एमालेका माधव नेपालहरु नेपालको स्थायित्व र पहिचान समाप्त गर्न लागिपरेका थिए । स्मरणहोस्– सन् २००८ सेप्टेम्वर १५को भारतीय समाचारपत्र–‘द हिन्दु’ मा साउथ ब्लकका नीतिकार एसडीमुनीको लेखमा जनआन्दोलनको नाममा (गणतन्त्र, धर्मनिरपेक्ष, संघीय जातीय राज्य स्थापना गराएर नेपाललाइ एक अर्ब रुपैया दिएको उल्लेख गरेका छन् । सरोकारवालाले भनेका थिए– एसडीमुनीको दिल्लीको निवासमा आफ्नी एक्ली छोरी र परिवारसाथ माथिल्लो तलामा सरेर तल्लो तलामा कृष्णप्रसाद सिटौला, बाबुराम भट्टराईहरुलाई १२ बुँदे सहमतिको लागि खाली गराएर राखेका थिए जसमा वामदेव गौतम, शेखर कोइरालाहरु बिहानै जुट्थे । प्रचण्ड दिनमा पुग्थे । अमरेशकुमार सिह र हरि रोकाहरु चाहीं उनीहरुका विश्वास प्राप्त खबरे थिए ।

भारतीय गुप्तचर संस्था र साउथ ब्लकले व्यवस्था गरे अनुसार माओवादीको काँधमा चढेर आन्दोलनमा सरिक भएको बेलामा कांग्रेस र एमालेका नेताहरुका भूईंमा खुट्टा थिएनन् । हिजोका आफ्ना शत्रुहरुलाई प्रयोग गर्न पाउँदा माओवादीहरु फुरुङ्ग थिए । भारतले यस्तै कुतत्वहरुलाई प्रयोग गरेर सन् १९७५ मा विधान सभाको नामबाट सिक्किमलाई गाभ्न सकेको थियो । सिक्किमका लेण्डुब दोर्जे, नरबहादुर खतिवडा जस्ताहरुको सहयोगमा भारतमा बिलय गरेको जस्तो अहिले नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता नामबाट दुई नम्बर प्रदेश नामक तराईका जिल्लाबाट नेपाललाई टुक्रयाउन खोजेका थिए । तर अव त्यो अवस्था छैन । तराईका देशभक्त जनताहरु सबै तराई टुक्रयाउने भारतीय गुप्तचरको इशारामा चलेका मदेसीहरुको भण्डाफोर गर्दै उनीहरुको बिरुद्ध लागेका छन् ।

२०७५ साल असोज ३ गते तराईलाई छुट्टै मधेस राज्य बनाउने उद्घोष गर्दा पनि एमाले र माओवादीको कम्युनिष्ट सरकार चुप्प थिए । यसरी एकीकृत नेपाल अधिराज्य माथि धावाबोल्दा पनि सरकार चुइकक बोल्दैन भने यो सरकार देशको लागि कति खतरनाक होला । देशलाई भौडीमा हाल्न यिनीहरुलाई संविधानसभाबाटै संविधान बनाउनस पर्ने खतरनाक खेलबाटै प्रष्ट हुन्छ यिनीहरु २०६२ मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेकै बेलादेखि नेपाल डुबाउने खेलमा रहेछन् भन्ने बुझिन्छ ।
२०४७ सालको संविधान निर्माणमा कांग्रेस, एमाले र माओवादी सबैको सहभागितामा निर्माण भएको थियो । त्यसैलाई परिमार्जन गरेर अगाडि बढ्न सकिदैन थियो र ? तर त्यस बारेमा कुनै चर्चा नैं भएन । यसरी देशलाई तथालिङ्ग पार्न नैं थियो नैं भने २०६३ वैशाख ११ गते राजासँग किन यिनीहरुले सम्झौता गरे ? यहीबाट प्रारम्भ हुन्छ राष्ट्रघातको शिलशीला । अहिलेको समस्याको जड भनेको राजासँग भएको सम्झौता तोड्नु नैं हो । माओवादी, कांग्रेस, एमाले, मघेसी नेताहरुको अराजक सत्ताबाट नेपालको भविष्य अन्धकार बनिरहेको छ । राष्ट्रको यो हविगत देखेर स्वदेश तथा विश्वमा छरिएर रहेका नेपालीहरु अत्यन्त चिन्तित छन् । विश्वमा नेपालको हिजोका दिनहरुमा कस्तो ठूलो प्रतिष्ठा थियो आज त्यो सबै गिर्दोछ ।

राजा सेनाको परमाधिपति हुँदा २०४७ को संविधान अनुसार माओवादी समाप्त गर्न सेना परिचालन गरिएको थिएन । तर कांग्रेसी सत्ताको सिफारिसमा २०५८ मा संकटकाल घोषित गरी माओवादी बिरुद्ध सेना परिचालन गरियो । माओवादीको टाउकाको मूल्य तोकियो । गृहमन्त्रीले माओवादीहरुको टाउको झोलामा ल्याउनेले झोलाभरी पैसा पाउने छन् भन्ने उद्घोष गरे । दुःखको कुरा, तिनै कांग्रेस र एमालेका नेताहरु माओवादीसँग काँधमा काँध मिलाएर देश नैं डुबाउने खेलमा छन् । देश लथालिङ्ग बनाएर अहिले माओवादी विघटन गराएर आफूहरुले गरेका अपराधहरुबाट भाग्न खोजेका छन् । तर माओवादी विघटित भएर जहाँ जहाँ पुगे पनि प्रचण्ड, बाबुराम भट्टराईहरु आफूहरु बाँच्ने ठाउँ खोजेर बसेका छन् ।
माओवादी पार्टी हारिसकेको भएता पनि नेताहरु जस्ताको तस्तै छन् । जति लुक्न खोजे पनि माओवादी नेताहरुलाई खोजी खोजी राज्यले कारवाही गर्न सक्छ ।
नेपालमा राजसंस्था र हिन्दु अधिराज्य विस्थापित गरिएकाले नेपाल डुब्ने स्थितिमा रहेको तथ्य अव सबैको सामु छलङ्ग भइसकेको छ । माओवादी, एमाले कोंग्रेसीहरुले विदेशीको पैसा खाएर देशै डुबाउन खोजे पनि देश त माओवादी, एमाले कोंग्रेसीहरुको पनि हो । अव आफ्रनो देशलाई डुबाएर आफूहरुले गरेका अपराधहरबाट मुक्त हुन चहान्छन् भने बितेका सबै अपराधहरु सार्वजनिक गरेर, लुटेका सम्पत्ति राज्यलाई बुझाउने समर्पपण जनाएर क्षमा याचना गरेर यसरी कलंकबाट मुक्त हुन सकिन्छ ।
नेपाल जस्तो भौगालिक बनावट भएको र जातीय विविधता भएको देशमा माओवादी, एमाले कांग्रेसी अराष्ट्रिय नेताहरुको कारणले देशको यो हालत भयो । राष्ट्रियता र शान्ति भन्दा प्यारो कुरा नेपालीहरुका लागि अरु केही छैन । नेपालमा राजसंस्था नरहेको अवस्थामा नेपाल कस्तो विखण्डनकारी अवस्थामा पुग्दो रहेछ भन्ने कुरा अव त सबैमा स्पष्ट भइसकेको छ । राजसंस्था बीना नेपाल सुरक्षित नहुने रहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ ।

नेपालमा मात्र होइन, राजसंस्था नरहेको अवस्थामा भारत र चीनको बीचको सन्तुलन नैं कायम रहन सक्तैन । सुरक्षाको चासो राख्दै अनेकौं कार्यक्रमका साथ चीन नेपालमा प्रवेश गर्न लागेको कुरा पनि यही हो । अतः अवको नेपालमा राष्ट्रवादी, प्रजातन्त्रवादीहरुको संयुक्त प्रयासमा नेपालमा दिगो शान्ति र स्थायित्वको लागि राजाको मध्यस्थतामा सम्पूर्ण पक्षको सहमति कायम गरी नेपालको राष्ट्रियता, राजतन्त्र र संसदीय प्रजातन्त्रवीच समन्वय र सन्तुलन कायम गर्दै हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थालाई यथावत सम्मान दिएर श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारमा राज्इरोहण गराएर श्री ५ ज्ञानेन्द्रकै उपस्थितिमा नेपालको अस्तित्व बचाउन हामी सम्पूर्ण नेपालीहरु सशक्त हुनसक्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय