प्रमिला पाण्डे(थापा) ।
धोबिखोला बत्तिसपुतली

जुनसुकै क्षेत्रमा मा पनि अनियमितता र भ्रष्टाचार गर्न नपाएपछि देशको विकास गर्न कठिनाइ हुदोरहेछ जुन कुरा आज नगरपालिकामा देखापरेको अवस्था छ । आफ्नो पार्टीको निजिगत स्वार्थ र आफ्नो क्षेत्रहरु मात्र कुनै पार्टी , व्यक्ति र ठाउँ हेरेर हुँदैन देश विकास गर्नलाइ !! गर्न रोक्नु र खोज्नु कतिको न्यायसंगत हुन्छ ।

जस्ले पनि पनि आफ्नो देश र जनताका लागि केही सुधारोन्मुख गर्न खोजेको हुन्छ त्यसलाइ उल्टाउने दाउ गरेर हुदैन ।यो हाम्रो नेपाल अतिनै सुन्दर देश छ । अरुदेशको तुलनामा हाम्रो देश स्वच्छ वातावरण र रमणीय देशमा पर्द्छ । देशलाई साच्चिकै माया गरेर अगाडि बढाउन देख्न चाहानुहुन्छ भन्ने देशलाई स्वच्छ ,सफा र हराभरा वातावरण बनाउन दिनुपर्द्छ त्यो नै सबैको सबैभन्दा पहिलो प्राथमिकता हो ।

अहिले केही गरौ पछि यो भन्दा पनि खराव हुन नदिन केही गर्ने र आँट गर्नेलाई हामी सबै नेपालीले साथ र सहयोग गर्नु कर्तव्य हो र एक नेपाली भएको नाताले एक जिम्मेवारी पनि हो। कुनै पनि पार्टीका चुनिएर आएकाहरुले सबैले बुझ्नु जरुरी छ देशको विकासको लागि !!!! आफू पनि नगर्ने अरुलाइ पनि गर्न नदिने यो प्रवृत्ति कहिले सम्म !!!. देशप्रती केही गर्न खोजेकी त्यसै माथी खनिने चलन कहिले सम्म ? को ठूलो को सानो , कसको जीत कसको हार ,को बलियो को निर्दो र तछाड मछाड गर्नु र भन्ने कुरा होईन यो आफू जन्मेको देशको विकासको कुराहरु हो। जस्ले विकास गर्न बाधा अड्चन गर्छ उसैले देशप्रती सकारात्मक सोच लिएर अगाडि बढ्नु देश र जनताहरुको लागी जरुरी देखिन्छ । देश र जनता लाई मर्का नहुने गरि देशको विकास गर्न दिन हामी सबैले साथ देउ र राम्रो लाई राम्रो भनौ ।हामी सबैनेपाली हरु मिलेर हातेमालो गरेर सहयोग गर्नुपर्ने देखिन्छ र आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय