
-दीर्घराज प्रसाई
संसारको नजरमा नेपाल आँखो भएको संसारको एकमात्र हिन्दु राजसंस्था भएको
देश र विश्वको एकमात्र हिन्दु अधिराज्य भएर नैं हो । हिन्दु राजा र
हिन्दु अधिराज्य सुरक्षित रहि रहेमा मात्र सगरमाथा, पशुपतिनाथ, जानकीधाम,
गौतम बुद्धको जन्मभूमि, मुक्तिनाथ सबैको सुरक्षा हुन्छ । राजा यो
पूण्यभूमिका रक्षक हुन् । नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा
राख्न सकिदैन भन्ने भारतीय कांग्रेस (आई)ले बुझेको थियो । त्यही हिसाबले
भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ जसरी हुन्छ नेपालको
राजसंस्थालाई विस्थापित गराउन खुलेर लागेको थियो । त्यसको लागि नेपालकै
पार्टीका नेताहरुलाई विश्वासमा लिएर पछाडिबाट छुरी हान्नेसम्मका
त्रिगणमहरु अपनाइए ।
२०६३ सालपछिका सत्तासीन नेताहरुले देशलाई यस्तो संकटग्रस्त बनाइएका छन्
कि सानोतिनो प्रयत्नबाट देशलाई बचाउन सकिने अवस्था छैन । लोकतन्त्रको
नाममा नेपालका कांग्रेस, एमाले, माओवादी नेताहरुले नेपाली जनतालाई जसरी
धोका दिए त्यसरी नैं सहन नसकेर उनीहरुको बिरुद्ध जनताले उनीहरुको अव
घाँटी समात्न सक्छन् । विदेशीहरुको निर्देशन र ईशारामा माओवादी,
कांग्रेस, एमाले र केही नेताहरुले प्रसस्त पैसा खाएर यो पूण्यभूमि माथि
लात हान्ने काम गरे । नेपाललाई धर्मनिरपेक्ष बनाएर क्रिस्चियनकरण गर्ने,
गणतन्त्र र संघीयताबाट नेपाल टुक्रयाउन विदेशीको एजेण्डालाई सहयोग पु¥याए
।

२०७२ साल असोज ३ गते यूरोपका इसाई राष्ट्रहरुको दबाब र कांग्रेस (आई)को
पारामा लागेर नयाँ संविधान घोषणा गरेका दिनदेखि भारतीय जनता पार्टी
आक्रोशित भएको थियो । नेपालका अधिकांक्ष सञ्चार माध्यमहरु, गैर सरकारी
संस्थाका अगुवाहरु, नागरिक समाज, मानव अधिकारवादीहरु रकम कुम्ल्याउन सबै
सत्ताका मात्र छन् । यो स्थितिमा आजित भएर नेपाल अधिराज्य भरका नेपाली
जनताले देश बचाउन र आफूहरुको सुरक्षार्थ राजसंस्थाको संरक्षण खोजेका छन्
। राजालाई तर्साउन २०६२÷६३ को जनआन्दोलनले रक्तपातको रुप लिन थाल्यो ।
आन्दोलनको अगाडि अगाडि क्रिस्चियनहरु थिए । उनीहरुले उग्ररुप लिएर
तोडफोड् गर्ने राजाका नाममा बार्डहरु भत्काउने आदि इत्यादि गर्न थालेपछि
रक्तपातको स्थिति नआओस् भन्नका लागि राजा ज्ञानेन्द्रले आन्दोलनकारीसँग
बार्ता गर्न चाहेको थियो ।
राजासँग सम्झौता गरेर २०६३ वैशाख ११ मा जनआन्दोलन रोकिएको थियो । राजा
ज्ञानेन्द्रसँग सहमति भएपछि आन्दोलनका नाइके गिरिजाप्रसाद कोइरालाले
नारायणहिटी राजदरबारको पटाङ्गिनीमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेका थिए
। त्यसरी आन्दोलनले सकारात्मकरुप लिएपछि त्यो अवस्थालाई टोडफोड गरी राजा
र नेपाली जनतालाई धोका दिएर नेपाललाई कब्जा गर्न सोनियाँ गाँन्धीको सरकार
षडयन्त्ररत थियो । सर्वप्रथम कस्तो षडयन्त्र गरियो भने धर्मनिरपेक्ष
घोषित भएपनि जनता टुक्रिन्छन् र राजालाई पाखा लगाउन सजिलो हुन्छ भन्ने
षडयन्त्रको बिजारोषण भारतीय गुप्तचर संस्था ‘रअ’ बाटै भएको नैं थियो ।
बेलायतमा सन् १६४९ मा राजतन्त्र समाप्त गरेर ओंलिवर क्रम्वेल सत्तामा
आएपछि बेलायतमा सन् १६४९- सन् १६६० मा राजसंस्था बिस्थापित बेलायत
गणतान्त्रिक मुलुक भएपछि बेलायती जनताको आक्रोस ! बेलायतमा सन् १६४९ मा
राजतन्त्र समाप्त गरेर ओंलिवर क्रम्वेल सत्तामा आएपछि बेलायत गणतान्त्रिक
मुलुक भयो । बेलायतमा राजाले कर बढाए भन्दै त्यसको आक्रोशमा ओलिभर
क्रम्वेलको नेतृत्वमा बेलायतका केही उग्रवादीहरुको सक्रियतामा राजाप्रति
आक्रोशित बनेर राजा चाल्स प्रथमको हत्या गरेर सन् १६५९मा राजसंस्था
विस्थापित गरियो । बेलायतमा राजसंस्था बिस्थापित भएपछि निरंकुशता,
भ्रष्टाचार, अत्याचारको पराकाष्ठा नाघ्यो ।
ओलिभर क्रम्वेलको अत्याचार सहन नसकेर बेलायती जनता गणतन्त्रको विरुद्ध
सक्रिय भए । क्रम्वेलको मृत्यूपछि उनका छोरा राष्ट्रपति बने । त्यसपछि
बेलायती जनताको आक्रोसको सीमा रहेन । क्रम्वेल राष्टपति भएकोको ११
बर्षपछि १६६० मा उनको लास चिहानबाट झिकेर बेलायती जनताले शहर घुमाए ।
गणतन्त्रबादीहरुका टाउका काटेर ‘यिनै हुन् बेलायतका गणतन्त्रवादी’ भन्ने
लेखिएका ब्यानरहरु शहरमा झुण्डयाइए ।
नेपालको राजसंस्थाको पनि गरिमा छ भन्ने कुरा २०६२ सालपछिका पार्टीका
नेताहरुले बुझ्न नैं चाहेनन् । राजसंस्था बारेमा नेपाली कांग्रेसका नेता
वीपी कोइरालाको भनाई थियो (२०३३ पछि)– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल
भन्ने राज्य पनि रहँदैन । नेपालको अस्तित्व त राजाको अहं स्वार्थको कुरा
हो । त्यसैले राजाहरुले देश बचाएका छन् । म चाहन्छु राजाको राष्ट्रवादी
स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस् ।’ तर त्यो विचारलाई
बीपीका आफ्नै भाइ गिरिजाप्रसाद कोइरालाले नअपनाएर देशलाई नैं भौडीमा
हाल्न खोजे ।
हिमवतखण्डका ५४ स–सना हिन्दु राज्यहरुलाई एकीकरण गरेर विश्वको एक मात्र
हिन्दु अधिराज्य स्थापित स्थापना गर्न सकेका थिए । यस उसले यो भूमि
कहिले पनि बिटुलो भएन ।
हिमवतखण्ड भनेको पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा
कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभाग हो भने गंगादेखि
हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । हिन्दु अस्मिता बोकेका
राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट
विश्वभर हिन्दु दर्शन,संस्कृति र सभ्यताको विस्तार भएको हो । यो
हिमवतखण्ड नेपाल तथा भारत बीचमा युगौंयुगदेखि गहन तादाम्यता छ ।
नेपालको एकीकरण भएदेखि अहिलेसम्म नेपालमा मुसलमान लगायत अन्य धर्महरु पनि
रहने गरी ५४ वटा स–साना हिन्दुराज्यहरुलाई एकीकरण भएर बनेको हो– यो
हिन्दु अधिराज्य । नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न
सकिदैन भन्ने भारतले बुझेको थियो । राजासँग संझौता गरेर २०६३ वैशाख ११ मा
जनआन्दोलन रोकिएको अवस्थादेखि नैं राजा र नेपाली जनतालाई धोका दिएर
नेपाललाई कब्जा गर्न भारत षड्यन्त्ररत थियो । गणतन्त्रको घोषणा हुनु
वैधानिकता थिएन । त्यसैले अव लथालिङ्ग भएको यो राष्ट्रलाई ठीक बाटोमा
ल्याउन राजा ज्ञानेन्द्रसँग समझदारी बढाउनु बाहेक अरु कुनै विकल्प छैन ।
कसरी देशलाई सम्हाल्न सकिन्छ भन्ने राजा ज्ञानेन्द्रलाई देशको सबै
अवस्थाको जानकारी छ । राजा ज्ञानेन्द्रमा कसैप्रति कुनै पुर्वाग्रह पनि
छैन, सबै पक्षलाई मिलाएर लाने क्षमता छ । यस अवस्थामा सबै पार्टीभित्र र
बाहिरका देशभक्तहरुले राजा ज्ञानेन्द्रको राष्ट्रवादी वचनवद्धतालाई
शिरोपर गर्न सक्नुपर्दछ । बितेका १२ बर्षको खतरनाक परिस्थितिबाट मुक्त
हुन नेपाली जनताले राजसंस्था चाहेका बेलामा कुनै पार्टीका नेताले अवरोध
निकाल्छन् भने उनीहरुको हालत सन् १६६० मा बेलायतमा गणतन्त्रवादीहरुको
टाउको सडक-सडकमा प्रदर्शन गर्नुपर्ने परिस्थिति आएको जस्तो नहुन सक्छ
भन्न सकिदैन ।
अत: देशभन्दा ठूलो गणतन्त्र होइन । राजा ज्ञानेन्द्रको तेस्रो पटक
राजसिंहासनकमा बस्ने योग छ ! राजा ज्ञानन्द्रलाई नेपाली जनताले राज्यरोहण
गराउने छन् ! आवश्यकता र बाध्यताले राजा ज्ञानेन्द्र फेरि तेस्रो पटक
राज्यरोहण गर्ने परिस्थिति नजिकै आउँदैछ । त्यसैले राजा ज्ञानेन्द्रलाई
ससम्मान राज्यरोहण गराएर नेपालको सार्वभौमसत्ता बचाएर विश्वको एकमात्र
हिन्दु अधिराज्यलाई युगयुगान्तरसम्म संसारमा नेपालको गौरवमय प्रतिष्ठा
देखाउन सक्नु पर्छ ।