मीना सुबेदी, अध्यक्ष विश्व हिन्दु महासघ हिन्दु नारी जागरण नेपाल राष्ट्रिय समिती,बासबारी काठमाडौ

धार्मिक तथा सामाजिक गरिमा बोकेको पबित्र “बिजया दशमीको ” विशेष महत्त्व छ। न्यायको बिजयको लागि मनाउदै आएको दशैको बिबिध पक्ष छ्न । यो अबसरमा आफ्ना इस्टमित्र, भेट्घाट गर्ने,माया प्रेम र सम्झना साटासाट गर्ने,लिङ्गे र रोटेपिङ खेल्ने,शुभकामना आदानप्रदान गर्ने र मान्यजनबाट आशीर्वाद लिने र दिने अबसर पनि हो ।

दशै मनाउदाको अर्को पक्ष भनेको हुने खानेलाइ दशै ,नहुनेलाइ दशा पनि हो । धनीहरुको देखासिकी गरेर खोक्रो रबाफ देखाउनेहरुका लागि दशै भर रमाइलो लाग्ला तर ऋण काटेर दशै मनाउने गर्दा पछि झनै दुख ,पीर आइपर्ने हुदा यो कुरालाइ सबैले विशेष ख्याल राख्नु पर्छ ।

किनकी न्यायको बिजयको लागि मनाउदै आएको दशै बिकृतिपुर्ण नहोस । एस्तो भएमा हाम्रो पन,परम्परा,सस्कृती लोप हुन्छ त्यसैले पनि घाटी हेरी हाड निल्नु राम्रो हुन्छ र तडकभडकप्रति सबैले सजक हुनु पर्छ ।

दशैको महिमा बर्णन गर्ने क्रममा बिशेशगरि देबदेबीको पुजा ,आरधना नै मुख्य हो साथै धार्मिक स्थलहरुमा गएर पुजा, आरधना गर्ने,व्रत बस्ने नै हो भने विभिन्न “शक्ति पिठहरु” मध्य महत्वोपुर्ण धार्मिक तिर्थस्थल काभ्रेपलान्चोकस्थित”पलान्चोक भगबतीको “मन्दिर मानिन्छ भने राजा मानदेबले धार्मिक न्यायको आधारमा राज्यको शासन चलाउनु पर्छ भनेर बि.स ५६० को माघमा “भगबती माइको” मुर्तिको स्थापना गरेको मानिन्छ ।

साथै रानी स्वामिनीले स्थापना गरेको कारण”बिश्वेबेश्वरी ” पनि भनिन्छ।काठमाडौको नकसाल भगबती र शोभा भगबतीको मुर्ति पनि एउटै कलाकारले बनाएको किम्बदन्ती पाइन्छ र यो मन्दिरको बिशेसतामा तीनतलै स्वरुपको मन्दिरमा “भगबतीको कलात्मक मुर्ति” मानिन्छ । गुठीबाट नियमित पुजा,आरधनाको ब्यबस्थापन हुँदै आएको र बर्षको दुई पटक मेला समेत लाग्ने गर्दछ । बैशाख पुर्णिामा र कार्तिकमा मेला लाग्छ । यो बेला पन्चबली दिने गरिन्छ भने यो ठाउँ बनभोजको लागि पनि महत्वोपुर्ण मानिन्छ ।

बिशेसगरि फुलपाती,सप्तमी,अष्ठमी,नवमीको दिन बली दिने ,पुजा गर्ने गरिन्छ । मन्दिर जाने सडक वरपर मनोहर दृश्यहरु छन । प्राकृतिक सौन्दर्यले भरिएको यो धार्मिक, पर्यटकीय स्थलको अझै संरक्षण भयो भने राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय