पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितका लागि सरकारले विशेष राहत प्याकेज ल्याउने बताउनु भएको छ ।

पाँचथरको राँके बजारमा आईतबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै देउवाले सरकारले यस अघिनै राहत घोषणा गरेकोमा थप प्याकेज ल्याउने बताउनु भएको हो ।

अल्पकालीन, दिर्घकालीन राहत प्याकेज ल्याउने उहाँले बताउनुभयो ।

मन्त्रीपरिषदको बैठक राखी राहत प्याकेज घोषणा गर्ने उहाँको भनाई थियो । पाँचथर र इलामको विभिन्न पहिरो प्रभावित क्षेत्रको भ्रमण गरेर देउवा राँके आईपुग्नु भएको थियो ।

पाँचथरको चिसापानी पञ्चमीमा पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी देउँवा राँके आईपुग्नु भएको थियो । पाँचथर लगायतका जिल्लामा बेमौसमी झरीका कारण ठुलो क्षती पुगेको भन्दैँ देउवाले राहत, पुनः स्थापनाका कार्यक्रम ल्याउने देउवाको भनाई थियो । सबैभन्दा बढि पाँचथरमा क्षती भएको बताउँदै देउवाले सरकारले समस्या बुझेकाले विशेष प्याकेज ल्याउने बताउनुभएको थियो ।

पहिरो पीडितलाई भेटेका देउवाले सरकारले हरेक हिसावले सहयोग गर्ने बताएका थिए । पाँचथरमा पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । सयौँ परिवार विस्तापित छन् । यस्तै इलाममा १४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । देउवाले इलाम र पाँचथरका पहिरो प्रभावित अन्य क्षेत्रको हवाई निरिक्षण गरेका थिए ।

यस्तै प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काग्रेसको महाधिवेशन चाडैँ हुने बताउनुभएको छ । अधिवेशन पछि हुने, पछि सर्ने भन्ने नभएको उहाँले बताउनुभयो ।

पहिरो पीडितलाई भेट्न आएका देउवाले पाँचथर र इलामका नेपाली काग्रेसका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय