काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाललाई भारी मतान्तले पराजित गर्दै रन्जित विजयी भएका हुन् ।

रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन् । सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन् ।

यसअघि सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिएको थियो । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेमकिपाबाट सुवाल विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय